अपडेट

अवरुद्ध कर्णाली सडक साना सवारीका लागि खुल्यो

कालिकोट । कर्णाली राजमार्ग अन्तर्गत जुम्ला–सुर्खेत सडक खण्डमा खाँडाचक्र नगरपालिका–२, काले खोला नजिक अवरुद्ध भएको सडक अस्थायी रूपमा सुचारु गरिएको छ।

अत्यधिक वर्षाका कारण सडक भासिँदा यातायात अवरुद्ध भएकोमा जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार तत्कालीन रूपमा मर्मत गरी साना सवारीसाधन (बस र ट्रक बाहेक) का लागि मात्र आवागमन खुलाइएको हो।

प्रहरीले यात्रुहरूलाई सम्भावित जोखिमका कारण ठूलो सवारीसाधन प्रयोग नगर्न आग्रह गर्दै सडकको स्थायी मर्मतका लागि सम्बन्धित निकायले काम अघि बढाइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया