कालिकोट । तिलागुफा नगरपालिका–३,फोइकोटस्थित श्री महादेव माध्यमिक विद्यालयको ४६औं वार्षिकोत्सव वाक्लो उपस्थितिसहित भव्यतापूर्वक सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष सम्झना दमाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशसभा सदस्य दक्षिणा शाही प्रमुख अतिथि रहनुभयो भने तिलागुफा नगरपालिकाका नगर प्रमुख शंकरप्रसाद उपाध्याय विशेष अतिथि हुनुहुन्थ्यो। कार्यक्रममा कालिकोट जिल्लामा सक्रिय विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, जनप्रतिनिधि,प्रधानाध्यापक नरदिप शाही,शिक्षक, अभिभावक र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
प्रमुख अतिथि दक्षिणा शाहीले विद्यालयको समग्र विकास र गुणस्तरीय शिक्षाका लागि सबै पक्षको साझा पहल आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले विद्यालयलाई कर्णालीकै उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास गर्न सरोकारवालाको निरन्तर सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो।
विशेष अतिथि नगर प्रमुख शंकरप्रसाद उपाध्यायले सामाजिक सञ्जालमा काम नगरी केवल देखाउने प्रवृत्तिले समाजमा विकृति ल्याइरहेको बताउँदै सचेत रहन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “शिक्षाले नकारात्मकभन्दा सकारात्मक सोच सिकाउँछ, त्यसैले सकारात्मक कुरा सिकेर समाजलाई अगाडि बढाउनुपर्छ।”
विद्यालय व्यवस्थापन समिति अध्यक्ष सम्झना दमाईले विद्यालयले चार दशकभन्दा बढीको यात्रामा निरन्तर प्रगति हासिल गरेको बताउँदै अझ गुणस्तरीय शिक्षा विस्तारमा सबैको सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो।
उप–प्रमुख महेन्द्रबहादुर शाहीले विद्यालयलाई सबल र सक्षम बनाउन नगरपालिकाले निरन्तर साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले शिक्षा नै समाज रुपान्तरणको आधार भएकाले विद्यालयप्रतिको अभिभावक, विद्यार्थी र जनप्रतिनिधिको जिम्मेवारी अझ बढेको बताउनुभयो।
दियो खबर उप–प्रमुख महेन्द्रबहादुर शाहीले बताए।

दियो खबर । ७ भाद्र २०८२, शनिबार २०:४१