अपडेट

लण्डनमा स्वर्ण पदक जित्दै सुर्खेतका बाबु मल्ल ठकुरी चम्किए

सुर्खेत — सुर्खेतका युवा खेलाडी बाबु मल्ल ठकुरीले लण्डनमा सम्पन्न अन्तर्राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा स्वर्ण पदक जितेका छन्।

द ह्वाईट कोलार फाइट क्लब लण्डनको आयोजनामा भएको उक्त प्रतियोगितामा ठकुरीले ८० के.जी. तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। लगातार उत्कृष्ट प्रदर्शन गर्दै उनले फाइनलसम्मको यात्रा तय गरे र अन्तिम भिडन्तमा विजयी हुँदै स्वर्ण पदक आफ्नो पोल्टामा पार्न सफल भए।

स्वदेशभन्दा टाढा अन्तर्राष्ट्रिय मञ्चमा हासिल गरिएको यो जितले ठकुरीलाई मात्र नभई सम्पूर्ण सुर्खेत र नेपाललाई गौरवान्वित बनाएको छ। “यो पदक मेरो लागि मात्र होइन, नेपालका सबै खेलप्रेमी युवाहरूको लागि प्रेरणा हो,” पदक जितेपछि ठकुरीले आफ्नो प्रतिक्रिया व्यक्त गरे।

उनका परिवारजनले समेत यो जितलाई ऐतिहासिक सफलताका रूपमा लिएका छन्। ठकुरीले भविष्यमा अझ ठूला प्रतियोगितामा भाग लिएर नेपाललाई चिनाउने लक्ष्य रहेको बताए।

स्थानीय खेलकर्मीहरूले उनको सफलता सुर्खेतका युवाहरूको लागि प्रेरणादायी भएको बताएका छन्।

तपाईको प्रतिक्रिया