अपडेट

२० वर्षे विद्युत सेवा,कालिकोटका पाण्डे सम्मानित

कालिकोट— नेपाल विद्युत प्राधिकरणमा २० वर्ष सेवा पुरा गरेका कालिकोटका जयप्रसाद पाण्डे दीर्घसेवा पदकबाट सम्मानित भएका छन्।

उर्जा तथा सिँचाइ मन्त्री दिपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विशेष समारोहमा पाण्डेलाई पदक प्रदान गर्नुभएको हो।

हाल कालिकोट जिल्लामा कार्यरत पाण्डे स्थायी रूपमा खाँडाचक्र नगरपालिका–३ ताडीका बासिन्दा हुन्।

नेपाल विद्युत प्राधिकरणका अधिकारीहरूले पाण्डेको दीर्घकालीन योगदान, समर्पण र इमान्दार सेवाको कदर गर्दै यो सम्मान प्रदान गरिएको जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया