कालीकोट/ खाँडाचक्र नगरपालिका–२ थामकोटमा बुधबार राति मालवाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नेपालगन्जबाट खाद्य, खुद्रा सामान, ग्यास र सिमेन्ट बोकेर आएको भे १ ख ४३२६ नम्बरको ट्रक राति करिब ८:३० बजे सडक भासिँदा करिब १०० मिटर तल खसेको थियो। दैलेखका ४२ वर्षीय चालक मानबहादुर सारु मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, ट्रक गाउँको मेयर खोलाबाट भित्र पस्यो र सामान मालिकको घर पुग्नै लाग्दा दुर्घटना भएको हो। सहचालक भने ढुङ्गा हाल्न झरेका कारण सकुशल बचेका छन्।
दुर्घटनाग्रस्त ट्रक शुभकालिका–४ चौलागाईवाडाका भीमप्रसाद चौलागाईको हो। घटनास्थल कर्णाली राजमार्गबाट झण्डै एक किलोमिटर टाढा पर्छ।

दियो खबर । २९ श्रावण २०८२, बिहीबार १३:११