अपडेट

मान्म, ताडी र थिर्पुमा एकैपटक लाखे जात्राको रौनक

                           तस्विरःमान्म, ताडी र थिर्पु

कालिकोट । विगत केही वर्षयता कालिकोटमा लाखे जात्रा तीन स्थानमा आयोजना हुँदै आएको छ। यस वर्ष पनि सदरमुकाम मान्म, मान्मबाट करिब एक किलोमिटर टाढा पर्ने ताडी र पलाता गाउँपालिकाको थिर्पुमा एकैपटक लाखे जात्राको रौनक छाएको छ।

तस्विर मान्म वजारको लाखे जात्रा

मान्म बजारमा डाइनामिक युवा क्लब – सान्नित्रीबेणी गाउँपालिकाले लाखे जात्रा सुरु गरेको क्लबका अध्यक्ष पवन बमले जानकारी दिए। मान्मको जात्राको संयोजक जितेन्द्र प्रताप मल्ल (जिवा) ले गरेका छन्। त्यस्तै, ताडीमा सुरु भएको लाखे जात्राको संयोजक विकास कुमार पाण्डे रहेका छन्। पलाता गाउँपालिकाको थिर्पुमा सुरु भएको जात्राको बारेमा फोटो पत्रकार पूर्णसिंह बमले जानकारी दिएका छन्।

                   तस्विरःताडि वजार लाखे जात्रा

कालिकोट भौगोलिक रूपमा ठूलो भए पनि विकटता र कठिन आवतजावतका कारण यातायातमा समस्या रहँदै आएको छ। वर्षायाममा सडक अवरुद्ध हुने हुँदा यात्रा झन् चुनौतीपूर्ण हुन्छ। तर, लाखे जात्राको घोषणा भएपछि गाउँका बासिन्दा र वरपरका मानिसहरू उत्साहपूर्वक सहभागी हुने परम्परा कायमै छ।

पहिले केवल मान्ममा मात्र हुने यो जात्रा अहिले तीन स्थानमा आयोजना हुन थालेपछि भीड र चहलपहल तीनै ठाउँमा बाँडिएको देखिन्छ। यद्यपि, यसको सांस्कृतिक महत्व, मनोरञ्जनात्मक आकर्षण र सामुदायिक एकता भने अझै उस्तै बलियो छ।

तस्विरः पलाता गाउॅंपालीका थिर्पूको लाखे जात्रा
तपाईको प्रतिक्रिया