कालिकोट / जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको फोर्स गाडी कालिकोटमा दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।
कर्णाली प्रदेश ०९७६ नम्बरको उक्त गाडी तिलागुफा नगरपालिका र खाँडाचक्र नगरपालिकाको सिमाना गोलुवा खोलामा अनियन्त्रित भई करिब १०० मिटर तल खोलामा खसेको हो।दुर्घटनामा ३ जना घाइतेहरूको अवस्था गम्भीर छ भने २ जना सामान्य घाइते भएका छन्।घाइतेहरूलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल कालिकोट पठाइएको प्रहरीले जानकारी दिएको छ।
घाइतेहरूको परिचय र दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

दियो खबर । २३ श्रावण २०८२, शुक्रबार ११:३०