गजल

मिलनको सुरुवात नजर बाटै हुन्छ
छुटेपछि बर्षात नजर बाटै हुन्छ ।

नभन्नु ती आँखाले देखेकै सत्य हो
धेरै जसो त घात नजर बाटै हुन्छ।

छुरा जस्तो जिब्रो किन चलाउनु
मिठा मिठा बात नजर बाटै हुन्छ।
तुलराज पाण्डे(परिवर्तन ) कालिकोट

तपाईको प्रतिक्रिया