सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको छैटौं बैठक सुर्खेतमा सुरु भएको छ । बैठक पार्टी प्रदेश अध्यक्ष गुलावजंग शाहको अध्यक्षतामा बसेको हो । बैठकमा पार्टी स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल र एमाले कर्णाली इन्चार्ज गोरखबहादुर बोगटीको उपस्थिति रहेको छ ।
अध्यक्ष शाहका अनुसार बैठकमा पार्टीको आसन्न विधान महाधिवेशनका लागि पठाइएको विधान संशोधन प्रस्ताव, सदस्यता नवीकरण, नियमित संगठनगत कार्यहरूको समीक्षा लगायतका विषयमा छलफल भइरहेको छ ।
बैठकमा प्रदेश कमिटी सदस्यहरू, दशै जिल्लाका अध्यक्षहरू र कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू राजबहादुर बुढा, दल रावल, मोहनमाया ढकाल, दक्षिणा शाहीलगायत नेताहरू सहभागी छन् ।
प्रदेश कमिटी सदस्य तथा तिलागुफा नगरपालिकाका उप–प्रमुख महेन्द्र बहादुर शाहीले दियो खबरलाई बैठक महत्वपूर्ण रहेको बताउँदै पार्टीभित्र आन्तरिक सुदृढीकरण र भावी तयारीका लागि छलफल आवश्यक रहेको बताए ।

दियो खबर । १९ श्रावण २०८२, सोमबार १३:१५