अपडेट

कर्णाली खेलकुद महासंघको अध्यक्षमा प्रमोद हमाल चयन

सुर्खेत — नेकपा एमाले निकट जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ कर्णाली प्रदेशको अध्यक्षमा प्रमोद हमाल सर्वसम्मत चयन भएका छन्। शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न दोस्रो ऐतिहासिक अधिवेशनबाट हमालको नेतृत्वमा नयाँ प्रदेश समिति चयन गरिएको हो।

महासंघ कर्णाली प्रदेशका इन्चार्ज तथा संयोजक पंखबहादुर मल्लको सभाध्यक्षतामा सम्पन्न अधिवेशनमा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेल प्रमुख अतिथि थिए।

कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटी, नेपाल खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष तथा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव दीपेन्द्र दाहाल, महासंघका केन्द्रीय उपाध्यक्षद्वय तिरणदाज गौतम र नन्दा बस्याल, नेकपा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाह, उपाध्यक्ष टेकराज पछाई, प्रदेश सचिवालय, केन्द्रीय समिति सदस्य, आयोजक समिति सदस्य, प्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुख्यमन्त्री कडेलले खेलकुद क्षेत्रले समाजमा अनुशासन, आत्मविश्वास र राष्ट्रिय गौरव बढाउने उल्लेख गर्दै प्रदेश सरकार खेलकुद पूर्वाधार र प्रतिभा विकासमा प्रतिबद्ध रहेको बताए।

प्रदेश इन्चार्ज बोगटीले पार्टीले खेलकुदलाई केवल मनोरञ्जन होइन, राष्ट्रिय एकता र पहिचानको माध्यमका रूपमा लिएको धारणा राखे।

सभाध्यक्ष पंखबहादुर मल्लले नेपाल खेलकुद महासंघ कर्णाली प्रदेशले संस्थागत रूपमा अब अझ प्रभावकारी रूपमा काम गर्ने र बाँकी सदस्य मनोनयन गरेर समिति पूर्णता दिने जानकारी दिए।

अधिवेशनबाट सर्वसम्मत चयन भएका अन्य पदाधिकारीहरूमा उपाध्यक्ष डम्बरबहादुर शाही र पूर्णबहादुर शाही, सचिव शशिराम विश्वकर्मा, उपसचिव भक्तबहादुर शाह र रेखा बुढा, कोषाध्यक्षमा जगत प्रसाद रिजाल रहेका छन्।

प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै सदस्यहरूमा उमेश कार्की (मुगु), तिलक बुढा (डोल्पा), दिलिप चौंलागाई (कालिकोट), जयबहादुर बुढा (जुम्ला), नविन सिंह (जाजरकोट), बलबहादुर फडेरा (हुम्ला), दिपक मल्ल (रुकुम पश्चिम), सुदिप शाही (दैलेख), रमेश नेपाली र सन्तोष शाही (सुर्खेत) चयन भएका छन्।

खुला सदस्यतर्फ जगदिश विस्ट, मानबहादुर रावत, भुपेन्द्र विक, महेश धराला, तिलक वादी, ललितजंग कार्की, भीमबहादुर शाही, निशा किरण राना, जानकी तारामी मगर र उर्गेन तेन्जिङ लामा सर्वसम्मत चयन भएका छन्।

बाँकी रहेका ६ जना सदस्य भने महासंघको पहिलो बैठकबाट मनोनयन गरिने नवनिर्वाचित अध्यक्ष हमालले जानकारी दिए।

तपाईको प्रतिक्रिया