
कालिकोट । विशेषगरी बामपंथी शक्तिहरु एक ठाउँमा आएर नयाँ ढंगका गतिविधि अघि बढाउने अपेक्षाका गरेर घोषणा गरिएको समाजवादी मोर्चा कालिकोट मा बेकामे बनेको छ ।
नेकपा(माओवादी केन्द्र)का तत्कालीन कालिकोट जिल्ला संयोजक लक्ष्मि प्रसाद चौलागाईं (शैलेन्द्र)ले संयोजन गर्नेगरी मोर्चा घोषणा गरेको असोज २३ गते दुई वर्ष पुग्दैछ ।
नेकपा स्थायी कमिटी सदस्य भरत सि प्रमुख अतिथि भएर मोर्चा घोषणा गरिए यता कुनै एक बैठक समेत नबसेको मोर्चामै सामेल पार्टीका नेताहरु बताउछन् । मोर्चाका गतिविधि अगाडि बढाउने विचार थिएन भने मोर्चा घोषणा नै नगरेको भएपनि फरक पर्ने थिएन भन्ने मोर्चा सामेल नेताहरूका अनुसार खासगरी माओवादी केन्द्रकै कारण मोर्चाका गतिविधि अघि बढ्न नसकेका हुन् ।
केन्द्र र प्रदेशमा नेतृत्व पटकपटक हस्तान्तरण भैरहँदा कालिकोटमा नेेतृत्व हस्तान्तरण पनि नगरिने र गतिविधि समेत नगरिनुमा मोर्चा को नेतृत्व गर्ने दल जिम्मेवार हुनुपर्ने मोर्चाका एक सदस्यले बताउनुभयो ।
मोर्चामा आवद्ध विशेषगरी माओवादी केन्द्र र नेकपा बिच कालिकोटमा राजनीतिक सम्बन्ध राम्रो बन्न नसकिरहेको देखिन्छ । मोर्चामा सामेल माधव प्रसाद उपाध्याय राप्रपा प्रवेश गरिसकेको अवस्था छ । मोर्चा गठन हुनासाथ ९ वटै पालिका तहमा मोर्चा घोषणा गर्ने प्रतिवद्धता गरिएको थियोे ।
माओवादी केन्द्र बाट मनशोभा बुढा , एकीकृत समाजवादी बाट चित्रसिंह गाउँले र धिरबहादुर बिष्ट , नेकपा बाट बलवान् सि र साहसी सि अझैपनि मोर्चामा रहेको देखिन्छ । मोर्चाको सदस्य रहेका बिष्ट यतिबेला एकीकृत समाजवादी प्रदेश कमिटी सचिव भैसक्नु भएको छ भने उतिबेला जिल्ला कमिटी उपाध्यक्ष गाउँले जिल्ला अधिवेशनबाट अध्यक्ष भैसक्नु भएको छ । माओवादी केन्द्र को संयोजक का हैसियतले जिल्ला संयोजकको नेतृत्व लिने शैलेन्द्र यतिबेला केन्द्रीय सदस्य भएर जिल्ला संयोजकमा डम्बरबहादुर शाही संयोजक भैसक्नु भएको छ ।
मोर्चाले नयाँ ढंगका साथ गतिविधि अघि सार्नुपर्ने समयमा बेकामे र अर्थहीन बनेको भन्दै यसबारे तत्कालै नयाँ ढंगले समीक्षा गरिनुपर्ने एकीकृत समाजवादीका उप सचिव धिर बहादुर शाहीले जानकारी गराउनुभयो । आफुलाई आवश्यक परेपछि मात्रै मोर्चा र सहकार्य चाहने प्रवृत्ति उचित नभएको भन्दै अब फेरि मोर्चाका गतिविधि अघि बढाउ भन्ने प्रस्ताव आएमा आफ्नो दल सहजै तयार नहुने पनि उहाँको भनाइ छ ।

दियो खबर । ३ श्रावण २०८२, शनिबार १७:५३