अपडेट

नगर प्रमुख शाहीद्वारा दाहा स्वास्थ्य चौकीको प्रसूतिगृह उद्घाटन

कालिकोट/खाँडाचक्र नगरपालिका–५ मोल्फास्थित दाहा स्वास्थ्य चौकीमा नव निर्मित प्रसूतिगृह(सुत्केरी कक्ष)को उद्घाटन खाँडाचक्र नगरपालिकाका नगर प्रमुख कमल बहादुर शाहीले गरेका छन्।

स्वास्थ्य सेवा प्रवाहलाई अझ प्रभावकारी र सुरक्षित बनाउन उद्देश्यले निर्माण गरिएको प्रस्तुति गृहको उद्घाटन कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष देउराम विश्वकर्मा, खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखाका प्रमुख मान बहादुर विष्ट, मोल्फा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरू तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो।

उद्घाटनपछि नगर प्रमुख शाहीले भने, “दुर्गम क्षेत्रका जनतालाई सुरक्षित मातृ तथा शिशु स्वास्थ्य सेवा उपलब्ध गराउनु हाम्रो प्रमुख दायित्व हो। मोल्फामा प्रस्तुति गृहको स्थापना त्यसै दिशातर्फको सार्थक प्रयास हो।”

उनले स्वास्थ्य पूर्वाधार विस्तारलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्दै आगामी दिनमा थप सुधारका योजनाहरू कार्यान्वयनमा ल्याइने जानकारी पनि दिए।

यसै अवसरमा खाँडाचक्र नगरपालिका, वन हर्ट वर्ल्ड वाइड र भिडिएसइएफ नेपालको साझेदारीमा सञ्चालित दाहा स्वास्थ्य चौकीले आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कार्य सम्पादन गर्ने स्वास्थ्यकर्मीहरूलाई सम्मान गरेको छ।

सम्मानित स्वास्थ्यकर्मीहरूको सूची यस प्रकार छ: करण बिक  सहायक स्वास्थ्यकर्मी (पाँचौं तह), राजकुमारी शाही — सहायक नर्स मिडवाइफ,सुरेश के.सी. प्रयोगशाला सहायक,सुना शाही कार्यालय सहयोगी, पदमकला चौलागाईं — महिला सामुदायिक स्वास्थ्य सेविका स्वास्थ्य शाखा प्रमुख विष्टले उक्त सम्मानले स्वास्थ्यकर्मीहरूको हौसला बढाउनुका साथै सेवा प्रवाहमा थप प्रेरणा दिने विश्वास व्यक्त गरे।

स्थानीयवासीहरूले मोल्फामा सुरक्षित सुत्केरी सेवाको सुरुवात तथा कर्मचारीहरूलाई सम्मान गरिएको कदमप्रति प्रसंसा गर्दै धन्यवाद व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया