
शाखा खारेज भएपछि शुक्रबार सम्पन्न पहिलो अधिवेशनले योगीको नेतृत्वमा ११ सदस्यीय सर्वसम्मत समिति चयन गरेको हो।
संरचना अनुसार उपाध्यक्षमा सञ्चारकर्मी तारा सार्की, सचिवमा रमेश कुमार सोनी, कोषाध्यक्षमा सामाजिक अभियन्ता नीलम गिरी चयन भएका छन्।
त्यस्तै सदस्यहरुमा प्रेणा बिक ,प्रेम प्रकाश शाही,निसा बिक ,जितेन्द्र बहादुर शाही,निस्ता कार्की ,सरिता शाह बम ,नैना योगी चयन भएका छन्।
समितिले जिल्लामा हुने मानव अधिकार उल्लंघन तथा मानवीय जोखिमको संरक्षण र प्रवर्द्धनमा सक्रिय रहने जनाएको छ।
नेपाल मानव अधिकार संगठन २०४५ सालमा काठमाडौंमा दर्ता भएको संस्था हो, जसले देशभर शाखा स्थापना गरी मानव अधिकारको क्षेत्रमा पैरवी गर्दै आएको छ।
“मानव अधिकार भनेको जन्मसिद्ध, आधारभूत र नैसर्गिक अधिकार हुन्। तर व्यवहारमा यसको कार्यान्वयन चुनौतीपूर्ण छ,” अध्यक्ष योगीले बताए।

दियो खबर । ३ श्रावण २०८२, शनिबार ११:३६