अपडेट

देउडा समाज रुपान्तरणमा लगाउन जरुरी छ – नगर प्रमुख शाही 

 कालिकोट । खाँडाचक्र नगरपालिका कालिकोटका प्रमुख एवम् नेकपा (एकीकृत समाजवादी)का नेता कमल बहादुर शाहीले देउडा लाई समाज रुपान्तरणका लागि प्रयोग गर्नुपर्ने धारणा राख्नुभएको छ ।
उहाँले देउडा संरक्षण बिना संस्कृति संरक्षण नहुने भन्दै छाडा संस्कृति हावी हुँदै जाने चलन अन्त्य गरि असल समाज निर्माणका लागि जागरण फैलाउने प्रमुख माध्यम देउडा मात्रै हुन सक्ने उहाँको धारणा थियोे ।

सदरमुकाम मान्ममा बिहीबारदेखि सुरु भइ शुक्रबार सम्पन्न सम्पन्न वृहत देउडा खेल प्रदर्शन कार्यक्रम समापन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले अबका दिनमा देउडाका कार्यक्रम गाउँगाउँ वस्ति वस्तिमा पुगाउने प्रतिवद्धता समेत गर्नुभयो ।

देउडा संस्कृति संरक्षण प्रतिष्ठान कालिकोटद्वारा आयोजित उक्त कार्यक्रममा देउडा संरक्षणमा योगदान गर्ने नयाँ र पुराना कलाकार तथा देउडा खेलाडी हरुलाई सम्मान समेत गरिएको छ ।
देउडा गायन , देउडा खेलका साथै हुड्के , झोडा र मागल तर्फका स्थापित पुराना कलाकारहरुका साथै बाल कलाकार सुमन सिंहलाई समेत कार्यक्रममा सम्मान र प्रसंशापत्र प्रदान गरिएको थियोे ।
सो अवसरमा दुई दिन विशेष देउडा खेल प्रदर्शन गरिएको प्रतिष्ठान कालिकोटका अध्यक्ष भानुप्रभात पाण्डेले जानकारी गराउनुभयो । बर्सातको समय भएपनि यसपटक भव्य कार्यक्रम आयोजना गरेर देउडा खेलाडी नेत्रराज शाही , मनिषा धामी लगायतको उपस्थितिमा देउडा संरक्षणका लागि योगदान दिन पाइएको भन्दै अध्यक्ष पाण्डेले सहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।
तपाईको प्रतिक्रिया