अपडेट

चार वर्षपछि अँगालोमै फर्किए गौतम

सुर्खेत/ नेकपा (एकीकृत समाजवादी) र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच बहुप्रतीक्षित पार्टी एकता सम्पन्न भएको छ। शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमार्फत औपचारिक रूपमा एकता घोषणा गरिएको हो।

कार्यक्रममा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमले एकीकृत समाजवादी पार्टीमा समाहित भएको घोषणा गरे। घोषणापछि अध्यक्ष माधवकुमार नेपाल र बामदेव गौतम एकअर्कालाई अँगालो हाल्दै भावुक क्षण बाँडे।

चार वर्षअघि नेकपाबाट अलग भइ अभियान थालेका गौतमले फेरि स्वयम्भूस्थित पार्टी कार्यालयमा फर्कन पाउँदा अत्यन्त खुसी व्यक्त गरे। “स्वयम्भूबाट निस्किएर आज फेरि फर्किन चार वर्ष लाग्यो,” उनले भावुक हुँदै भने, “तर आज म घर फर्किएको महसुस गर्दैछु।”

गौतमको पार्टी प्रवेशपछि सभागृहमा उपस्थित कार्यकर्ता र समर्थकहरूले लामो समयसम्म हुटिङ र तालीमार्फत स्वागत गरे।

दुबै पक्षका नेताहरूले यो एकतालाई वाम आन्दोलन सुदृढ गर्ने ऐतिहासिक अवसरका रूपमा व्याख्या गरे।

अब एकीकृत समाजवादी पार्टी थप बलियो संगठन निर्माणतर्फ अघि बढ्ने नेताहरूको प्रतिबद्धता रहेको छ।

तपाईको प्रतिक्रिया