टोकियो/विगत लामो समयदेखि एनआरएनए (गैरआवासीय नेपाली संघ) क्युस्युमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका कृष्ण हरि पाठकले आगामी २०२५–२०२७ कार्यकालका लागि संयोजक पदमा उम्मेदवारी दिएका छन्।
संस्थाको प्रारम्भिक चरणमा सदस्यको रूपमा संलग्न पाठक पछिल्ला कार्यकालहरूमा सचिव र उप–संयोजक जस्ता जिम्मेवार पदमा रहेर सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन्। उनले आफ्नो अनुभव, समर्पण र युवाशक्तिको प्रयोग गर्दै संस्थालाई अझ भरपर्दो र प्रभावकारी बनाउन योगदान दिने दृढ अठोट व्यक्त गरेका छन्।
“समाज र संस्थाको हितमा निरन्तर लागिरहने प्रतिबद्धता लिएको छु। आउँदो ७/२७ (आईतबार) हुने निर्वाचनमा तपाईंहरूको अमूल्य मतले मलाई विजयी गराई सेवा गर्ने अवसर दिनुहोस्,” पाठकले अपिल गरेका छन्।
उनले संस्थाको दीर्घ अनुभवका आधारमा विश्वासिलो नेतृत्व दिने वाचा गर्दै एनआरएनए क्युस्युमा समर्पित र उत्तरदायी नेतृत्वको अपेक्षा व्यक्त गरेका छन्।

दियो खबर । २ श्रावण २०८२, शुक्रबार ०५:५९