कालिकोट/पूर्व राष्ट्रिय सभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) कालिकोट जिल्ला इन्चार्ज जीवन बुढालाई पितृशोक परेको छ।
उहाँका पिता ७८ वर्षीय मनरुप बुढाको आज २०८२ साल साउन १ गते बिहान १० बजेर २४ मिनेटमा कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा उपचारको क्रममा निधन भएको हो। उनलाई गत असार १७ गते मस्तिष्क घात (ब्रेन स्ट्रोक) भएपछि सुर्खेतस्थित अस्पतालमा भर्ना गरिएको थियो।
बुढाका निधनप्रति नेकपा (माओवादी केन्द्र) का नेताहरूले शोक व्यक्त गर्दै नेता जीवन बुढाप्रति गहिरो समवेदना प्रकट गरेका छन्।
पारिवारिक स्रोतका अनुसार दिवंगत बुढाका ६ छोरा र २ छोरी छन्। उहाँको अन्तिम दाहसंस्कार भोली आफ्नै निवास कालिकोटको नरहरिनाथ गाउँपालिका–३, कुमालगाउँमा गरिने छ।
शोकसन्तप्त परिवारप्रति सम्पूर्ण राजनीतिक, सामाजिक र स्थानीय समुदायले समवेदना प्रकट गरिरहेका छन्।

दियो खबर । १ श्रावण २०८२, बिहीबार २१:३६