कालिकोट — तिलागुफा नगरपालिकामा विशेष जोखिममा परेका तथा अति विपन्न बालबालिकाहरूलाई खाद्यान्न र शैक्षिक सामग्री वितरण गरिएको छ। सेभ–द–चिल्ड्रेनको आर्थिक सहयोग र भिडिसेफ नेपालको समन्वयमा नगरपालिकाले ११ वटै वडाका २३ जना बालबालिकालाई राहत प्रदान गरेको हो।
नगरपालिकाका उपप्रमुख महेन्द्र बहादुर शाहीले दियो खबरसँग कुरा गर्दै बालबालिकाको आवश्यकता बुझेर राहत वितरण गरिएको जानकारी दिए। उनले यस्तो सहयोगले उनीहरूको दैनन्दिन जीवन र शिक्षामा टेवा पुग्ने विश्वास व्यक्त गरे।

दियो खबर । ३० असार २०८२, सोमबार ११:४३