अपडेट

छाउगोठमा सुत्दा सर्पले डसेर महिलाको मृत्यु

सुर्खेत/कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला आउजीको सर्पदंशबाट मृत्यु भएको छ।

शुक्रबार राति सुतिरहेका बेला सर्पले बाँया गालामा डसेपछि गम्भीर अवस्थामा सेती प्रादेशिक अस्पताल पुर्‍याइएकी आउजीको शनिबार साँझ ८ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सागर बोहराले जानकारी दिए।

उनका अनुसार सर्पले डसेको पुष्टि भए पनि घटनास्थल छाउगोठमै हो भन्ने आधिकारिक विवरण भने प्राप्त भएको छैन।

यता, नगर प्रमुख हेमराज ओझाले भने महिलालाई छाउगोठमै सुतिरहेकै अवस्थामा सर्पले डसेको प्रारम्भिक जानकारी आएको बताए। उनले छाउपडी कुप्रथाविरुद्ध अभियान जारी रहे पनि परम्परागत सोच हट्न नसक्दा यस्ता घटना भइरहने अवस्था रहेको बताए।

तपाईको प्रतिक्रिया