सुर्खेत/रुकुम पूर्व सिस्ने गाउँपालिकामा कार्यरत कार्यालय सहायक कोईली शाही आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन्।
वडा नम्बर ६ खोपिचारकी २३ वर्षीया शाही गाउँपालिकाको प्रशासन शाखामा कार्यरत थिइन्।
शाही सिस्ने गाउँपालिका–५ स्थित डेरामा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।
प्रहरीका अनुसार घटना शुक्रबार राति नै भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पु¥याइएको छ। पोष्टमार्टमपछि मात्र मृत्युको कारण यकिन हुने प्रहरीको भनाइ छ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

दियो खबर । २८ असार २०८२, शनिबार १४:४५