अपडेट

नाग्म–मेहेल्सेरा सडक निर्माण सुरू,उपप्रमुख शाहीद्वारा शिलान्यास

कालिकोट — तिलागुफा नगरपालिका–१ अन्तर्गत मेहेल्सेरा बस्तीलाई नाग्म बजारसँग जोड्ने सडक निर्माण कार्य आजबाट औपचारिक रूपमा सुरु गरिएको छ।

उक्त सडकको शिलान्यास नगर उपप्रमुख महेन्द्र बहादुर शाहीले गरेका हुन्। शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उपभोक्ता समिति सदस्यहरू तथा बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

करिब ३० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको यो सडक कर्णाली प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयको बजेटबाट निर्माण हुन लागेको हो।

दियो खबरसँग कुरा गर्दै उपप्रमुख शाहीले भने, “सडक विकासको मेरुदण्ड हो। यो सडकले अब गाउँमा शिक्षादेखि स्वास्थ्य, व्यापार र रोजगारीसम्मका अवसर ल्याउनेछ। तिलागुफा नगरपालिकाले सबै वडामा समान रूपले पूर्वाधार विस्तार गर्ने नीतिमा अगाडि बढिरहेको छ।”

स्थानीयवासीले सडक निर्माणसँगै विकासको ढोका खुलेको भन्दै खुसी व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया