अपडेट

विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षमा थापा चयन

सुर्खेत / नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी विशेष जिल्ला कमिटीको ५औं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट अशोक थापा अध्यक्षमा निर्वाचित भएका छन्। नयाँ कार्यसमितिमा उपाध्यक्ष मनोज चन्द, सचिव हुकुम वि.सी., उप–सचिव प्रमिला लामा र रामबहादुर मल्ल सहित ४१ सदस्य चयन भएका छन्।

अधिवेशनको उद्घाटन नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गरेका थिए। उनले युवाहरूको सक्रियता र सांगठनिक क्षमतालाई प्रशंसा गर्दै भने, “देशको समृद्धि र समतामूलक समाज निर्माणमा युवाहरूले अग्रपङ्क्तिमा रहेर नेतृत्व लिनुपर्छ। विद्यार्थी आन्दोलनको योगदान पार्टीलाई जीवन्त बनाउने प्रमुख आधार हो।”

कार्यक्रम निवर्तमान अध्यक्ष तथा नेकपा समाजवादीका पोलिटब्यूरो सदस्य सुदेश पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो। उनले नयाँ नेतृत्वलाई बधाई दिँदै भने, “आजको विद्यार्थी नै भोलिको राष्ट्र निर्माता हो। संगठनको भविष्य युवाहरूको प्रतिबद्धता र दृष्टिकोणमा निर्भर हुन्छ। यो नेतृत्वले संगठनलाई अझ सशक्त बनाउने विश्वास लिएको छु।”

अधिवेशनले संगठन विस्तार, नीति–कार्ययोजना र भावी गतिविधिबारे पनि छलफल गरेको थियो।

तपाईको प्रतिक्रिया