अपडेट

भेरीगंगामा रोपाइँ गर्दै गर्दा चट्याङ लागेर एकको मृत्यु, पाँच घाइते

सुर्खेत / भेरीगंगा नगरपालिका–८ कुईरेमा खेतमा रोपाइँ गरिरहेको समयमा चट्याङ लाग्दा एक युवकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

शुक्रबार स्थानीय बिरे बहादुर थापाको खेतमा रोपाइँ गर्दै गर्दा चट्याङ परेको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ। चट्याङ लागेर गम्भीर घाइते भएका डिल बहादुर शाहीको उपचारका क्रममा मेहलकुना अस्पतालमा मृत्यु भएको हो।

घटनामा परेर घाइते हुनेहरूमा १७ वर्षीय पर्वत बिक, १९ वर्षीय हुम बहादुर थापा, १८ वर्षीय नविन बिक र ३० वर्षीया सुनिता गिरी रहेका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया