अपडेट

सडक भत्किदा कर्णाली राजमार्ग अवरुद्ध

कालिकोट / लगातारको वर्षाका कारण कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत–जुम्ला सडकखण्डको कालिकोट जिल्ला तिलागुफा नगरपालिका–६ गोठिभिरमा सडक भत्किएको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार सडक भत्किएपछि ठूला सवारी साधन सञ्चालनमा अवरोध पुगेको छ। पहिरोको जोखिम बढेकाले यात्रुहरूलाई सावधानी अपनाउन अनुरोध गरिएको छ।

सडक अवरुद्ध हुँदा जुम्ला, मुगु, कालिकोटको तिलागुफा नगरपालिका, दैलेख, सुर्खेत र नेपालगञ्ज यात्रा गर्ने यात्रुहरूलाई ठूलो समस्या भएको छ। वैकल्पिक बाटो अभावमा आवागमन ठप्पजस्तै बनेको छ।

तपाईको प्रतिक्रिया