कालिकोट — जिल्लाको तिलागुफा नगरपालिकास्थित नाग्म बजारमा रेपिड रेस्पोन्स टिम (RRT) सहितको संयुक्त टोलीले निरीक्षण तथा अनुगमन गरेको छ। जिल्ला प्रशासन कार्यालय कालिकोटको आयोजनामा २०८२ असार ३ गते सम्पन्न अनुगमनमा विभिन्न सरकारी निकायका प्रतिनिधिहरू सहभागी थिए।
अनुगमनको क्रममा होटल, रेस्टुरेन्ट, खुद्रा तथा कस्मेटिक पसलहरूमा बिक्री वितरण भइरहेको म्याद सकिएका खाद्य तथा पेय पदार्थ, दैनिक उपभोग्य सामग्रीलगायत ऐन विपरीतका अखाद्य वस्तुहरू फेला परेका थिए।
सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माका अनुसार, उपभोक्ताको स्वास्थ्यमा असर पर्ने ती वस्तुहरू नियमअनुसार नष्ट गरी धुल्याइएको छ।

दियो खबर । ४ असार २०८२, बुधबार १२:०७