अपडेट

संसदमा निलो रिबन: रास्वपाको मौन विद्रोह

सुर्खेत / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू मानव तस्करीविरुद्धको विरोधस्वरूप निलो रिबन लगाएर संघीय संसद् भवनमा पुगेका छन्।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले मानव तस्करी विरुद्धको अभियानलाई विश्वभर ‘निलो रिबन’को प्रतीकका रूपमा लिइने भएकाले सबै सांसदले रिबन लगाएर विरोध जनाइरहेको बताए।

यसअघि पनि रास्वपाका सांसदहरूले संसदभित्र नाराबाजी र सभामुखको आसनअगाडि पलेँटी कसेर विरोध जनाएका थिए।

तपाईको प्रतिक्रिया