अपडेट

कार्यकर्ताको दबाबमा बन्यो बजेट,विकास थला पर्यो :मन्त्री शाह

सुर्खेत/कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले कार्यकर्ताको दबाबमा बजेट निर्माण गर्नुपरेको भन्दै गुनासो गरेका छन्। सोमबार पत्रकार सम्मेलनमा उनले व्यक्तिगत स्वार्थका साना योजना थोपारिँदा दीर्घकालीन विकास प्रभावित भएको बताए।स-साना टुक्रे योजना १०–१५ लाखका योजना ल्याएर न त दीगो विकास सम्भव छ, न राज्यको हित,” शाहले भने। मापदण्ड नहुँदा योजना छनोटमा अन्योल हुने र स्रोतको दुरुपयोग हुने अवस्था रहेको उनले स्पष्ट पारे।

शाहले संस्थालाई एकमुष्ट बजेट दिने नीति ल्याउनुपर्ने बताउँदै बजेटलाई अब उत्पादनमुखी र दीर्घकालीन विकासमा केन्द्रित गर्नुपर्ने धारणा राखे। राजनीति हाबी हुँदा विकास अवरुद्ध हुने चेतावनी पनि उनले दिएका छन्।

तपाईको प्रतिक्रिया