अपडेट

घाइते राजेन्द्रलाई गाउँपालिकाले हेलिकप्टरमार्फत उद्धार

सुर्खेत/कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका–०५का अन्दाजी २५ वर्षीय राजेन्द्र बहादुर सहकारी घरको दार वोक्ने क्रममा भिर वाट लडेर गम्भीर घाइते भएका छन्।

घटनाको खबर पाएपछि नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर विष्टको पहलमा तत्काल उद्धार प्रक्रिया सुरु गरिएको थियो। अध्यक्ष विष्ट र जिल्ला प्रशासन कार्यालयको समन्वय तथा सुरक्षा निकायका प्रमुखहरूको सहयोगमा सःशुल्क नेपाली सेनाको हेलिकप्टर मार्फ घाइते राजेन्द्रलाई कर्णाली प्रदेश अस्पताल, कालागाउँ (सुर्खेत) पठाएको नेपाली कांग्रेसका युवा नेता उमेश विष्ट तिमिल्सेनालेले दियो खवर लाइ वताए।

गाउॅंपालीका अध्यक्ष नगेन्द्र वहादुर विष्टले यस उद्धारमा आवश्यक सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा सबै सरोकारवालाप्रति गाउँपालिका र परिवारले आभार व्यक्त गरेका छन् र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।

तपाईको प्रतिक्रिया