अपडेट

कर्णालीले ल्यायो मध्यरातमा ३२ अर्ब ९९ करोडको बजेट

भौतिक पूर्वाधार, कृषि, पर्यटन र उद्योगमा प्राथमिकता

सुर्खेत — कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

असार १ गते दिउँसो ३ बजे बस्ने भनिएको प्रदेश सभा बैठक सत्ता पक्ष र प्रतिपक्षबीचको विवादका कारण समयमै बस्न नसकेपछि मध्यरातमा बजेट प्रस्तुत गरिएको हो।

आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले राति १२ बज्नुअघि नै प्रदेशसभामा बजेट पेस गरे। संविधानअनुसार असार १ गतेभित्र बजेट ल्याउनु पर्ने कानुनी बाध्यताका कारण दलहरूबीच अन्तिम समयमा सहमति जुटाएर बजेट ल्याइएको हो।चालू खर्चतर्फ: ७ अर्ब ७९ करोड ९१ लाख १ हजार (२३.६४%)पुँजीगत खर्चतर्फ: १९ अर्ब ९८ करोड २७ लाख १३ हजार (६०.५५%)वित्तीय व्यवस्थातर्फ: ६१ करोड ५० लाख (१.८६%)स्थानीय तह वित्तीय हस्तान्तरणतर्फ: ४ अर्ब ५९ करोड ९८ लाख ४१ हजार (१३.९५%)चालु आर्थिक वर्षको तुलनामा बजेट ५ प्रतिशतले वृद्धि गरिएको मन्त्री शाहले जानकारी दिए।उनका अनुसार आगामी वर्षको बजेटमा भौतिक पूर्वाधार, कृषि, पर्यटन र उद्योग क्षेत्रलाई प्राथमिकता दिइएको छ।

यसअघि दिनभर दलहरूबीच सहमति जुट्न नसकेकाले बजेट समयमै आउन सकेको थिएन। अन्ततः संविधानले तोकेको म्यादभित्रै बजेट ल्याउन दलहरू सहमत भएका थिए।

तपाईको प्रतिक्रिया