अपडेट

मध्यरातमा ल्याइँदै कर्णाली प्रदेशको बजेट

सुर्खेत — कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट असार १ गते मध्यरातमा ल्याएको छ। प्रमुख प्रतिपक्षको अवरोधका कारण दिनभर स्थगित रहँदै आएको प्रदेशसभा बैठक अन्ततःराति १२ बज्नुअघि नै प्रदेशसभामा बजेट पेस गरे हाल कर्णाली प्रदेशसभा बैठक जारी रहेको छ। बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह बजेट प्रस्तुत गर्ने क्रममा छन्। उनले बजेट प्रस्तुत गर्नु अगाडि सभालाई सम्बोधन गरिरहेका छन्।

संविधानअनुसार असार १ गतेभित्र बजेट अनिवार्य रूपमा ल्याउनुपर्ने संवैधानिक व्यवस्थाका कारण सत्ता पक्ष र प्रतिपक्षबीच अन्तिम समयमा सहमति जुटाइएको हो। त्यसकै आधारमा बैठक मध्यरातमा सुरु गरिएको हो।

मध्यरातमा बजेट प्रस्तुत हुने यस्तो अवस्था प्रदेशको राजनीतिक इतिहासमै दुर्लभ मानिएको छ। अहिले सभा कक्षमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूको उपस्थितिमा बजेट प्रस्तुतिका लागि औपचारिक प्रक्रिया अगाडि बढिरहेको छ।

तपाईको प्रतिक्रिया