सुर्खेत — नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन सिरहाका अध्यक्ष राजकुमार रायलाई एक महिलासहित प्रहरीले पक्राउ गरेको छ। उनी मालपोत तथा भूमिसुधार कार्यालय, सिरहामा कार्यरत कर्मचारी पनि हुन्।
रायले परस्त्रीसँग अवैध सम्बन्ध राख्दै आफूमाथि मानसिक र पारिवारिक हिंसा गरिरहेको भन्दै उनकी पत्नीले दिएको उजुरीका आधारमा बिहीबार दिउँसो सिरहास्थित एक घरबाट उनी पक्राउ परेका हुन्।
सिरहा प्रहरीले रायसहित ती महिलालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ। हाल उनीहरूविरुद्ध आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

दियो खबर । ३० जेष्ठ २०८२, शुक्रबार १०:०२