सुर्खेत/बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रवार दिउँसो भीषण आगलागी भएको छ। आगलागीबाट बजार क्षेत्रका केही घर तथा पसलहरूमा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।
स्थानीयहरूका अनुसार आगो तीव्र गतिमा फैलिएको छ र अहिले पनि नियन्त्रणमा आउन सकेको छैन। आगो नियन्त्रणका लागि स्थानीय बासिन्दा, प्रहरी र अन्य सरोकारवालाहरू जुटिरहेका छन्।
एक स्थानीय बासिन्दाले बताएअनुसार आगलागीको कारण अझै खुल्न बाँकी छ भने क्षतिको यथार्थ विवरण आउन पनि केही समय लाग्नेछ।
बजार क्षेत्रमा अग्निनियन्त्रणको पर्याप्त व्यवस्था नभएकाले आगो निभाउन थप कठिनाइ भएको जनाइएको छ। यसबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

दियो खबर । २३ जेष्ठ २०८२, शुक्रबार १७:३०