सुर्खेत— नेकपा एकिकृत समाजवादीको बझाङ जिल्ला कमिटीको ९औं जिल्ला अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा ६५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ।
नवगठित जिल्ला कमिटीको अध्यक्षमा अक्कल धामी चयन भएका छन्। उपाध्यक्षमा गणेश बोहरा र भक्त भण्डारी रहेका छन्। सचिवको जिम्मेवारी लक्ष्मी प्रसाद जोशीलाई दिइएको छ भने उपसचिवमा जोग कठायत, हरिश खड्का र राधिका चित्रकार रहेका छन्।
अधिवेशनको क्रममा अन्य विभिन्न दलका नेता र कार्यकर्ताहरू पनि नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन्। अधिवेशनमा सहभागीहरूले संगठनलाई थप सशक्त र एकीकृत बनाउन प्रतिबद्धता जनाएका छन्।
पार्टीका जिल्ला स्तरका नेताहरूले एकताको सन्देश दिँदै अधिवेशनलाई सफल बनाउन सबैको योगदानको प्रशंसा गरेका छन्। अधिवेशन शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजक समितिले जनाएको छ।

दियो खबर । १३ जेष्ठ २०८२, मंगलवार ११:२७