
टोकियो/जापानमा अध्ययनरत दुई नेपाली विद्यार्थीको निधनको खबरले नेपाली समुदायमा गहिरो शोक छाएको छ। गत बुधबार, मे २१ मा टोकियोमा डोटी जिल्ला शिखर नगरपालिका-५ तिजाली घर भएका २६ वर्षीय गणेश बहादुर ऐरीको निधन भएको छ। उनी करिब दुई वर्षअघि उच्च शिक्षा अध्ययनको लागि जापान आएका थिए र हाल टोकियो इन्टरनेशनल ल्याङ्ग्वेज स्कुल, सिन्जुकुमा अध्ययनरत थिए। निधनको कारण खुल्न नसकेको जनाइएको छ। अहिले उनको शव मेजिरो प्रहरी चौकीमा राखिएको छ भने अन्तिम संस्कारबारे परिवारसँग छलफल भइरहेको छ।
त्यस्तै, मे १८ मा ओसाका शहरमा कैलाली जिल्ला टीकापुर नगरपालिका बैदी घर भएकी २४ वर्षीया नविना बोहराको निधन भएको छ। उनी पनि जापानमा अध्ययनका लागि आएकी थिइन्।
सुदूरपश्चिमेली नेपाल समाज टोकियोका अध्यक्ष विकास रोकायाले दियो खबरलाई दुबै विद्यार्थीको निधन भएको जानकारी दिएका छन्।

दियो खबर । ११ जेष्ठ २०८२, आईतवार ०४:०४