अपडेट

निर्माण व्यवसायी मल्लको मस्तिष्कघातबाट निधन

तस्विरःस्व.गगन बहादुर मल्ल

कालिकोट / खाँडाचक्र नगरपालिका–७ पिली गाउँका स्थायी बासिन्दा तथा हाल काठमाडौं कागेश्वरी मनोहरा–७ हरहर महादेवमा बसोबास गर्दै आएका ५१ वर्षीय सफल निर्माण व्यवसायी गगन बहादुर मल्लको मस्तिष्कघातका कारण आज बिहान ११:३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा दु:खद निधन भएको छ।

उद्योग तथा सामाजिक सेवामा सक्रिय मल्लको असामयिक निधनले पिली गाउँ मात्रै होइन, काठमाडौंमा रहेका समग्र कालिकोटवासीलाई स्तब्ध बनाएको छ। उहाँको अन्तिम दाहसंस्कार आजै पशुपति आर्यघाटमा गरिने मृतकका भाइ पंख वहादुर मल्लले वताए।

भाइ पंख बहादुर मल्लले भने, “गगन दाइको असामयिक निधनले हाम्रो परिवार मात्र होइन, पिली गाउँलेले आफ्ना एक असल अभिभावक गुमाएका छन्। उहाँ जहिल्यै सबैको साथ र सहयोगमा अगाडि रहनुहुन्थ्यो।”

स्व.मल्लका श्रीमती, एक छोरा र तिन छोरी छन्। उहाँको निधनले आफन्त,इष्टमित्र तथा समुदायमा अपूरणीय क्षति पुगेको छ।

तपाईको प्रतिक्रिया