सुर्खेत/निजामती कर्मचारीहरूले प्रस्तावित निजामती कर्मचारी ऐनमा आफ्ना प्रमुख मागहरू समावेश नगरिएको भन्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मूल गेटमा धर्ना दिएका छन्। ऐन निर्माणमा १० वर्ष लाग्दा पनि, प्रस्तावित व्यवस्थाले २० वर्षसम्म एक पदबाट माथिल्लो पदमा बढुवा नहुने अवस्था कायम राखेकाले त्यसको विरोधमा शान्तिपूर्ण धर्ना दिइएको निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य प्रकाश खातीले जानकारी दिए।
उनका अनुसार, विधेयकमा रहेको प्रणालीगत त्रुटि र असफलतालाई समाधान गर्ने कुनै व्यवस्था समेटिएको छैन। धर्नामा सबै कर्मचारी सङ्गठनका प्रतिनिधिहरूको सहभागिता रहेको खातीले बताए।
खातीले उच्च प्रशासकीय तहका अभिभावकहरू आत्मकेन्द्रित बनेको आरोप लगाउँदै, त्यसले आम कर्मचारीका मुद्दा र मागहरू कमजोर भएको बताए।
उक्त विधेयकलाई प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले पारित गरी छिट्टै प्रतिनिधिसभामा पेस गर्ने तयारी भइरहेको छ।
दियो खबर । ८ जेष्ठ २०८२, बिहीबार ११:१२