खाडाचक्र न.पा र युनिसेफ नेपाल द्वारा बने ३३ धारा

खाडाचक्र नगरपालिका र युनिसेफ नेपाल को आर्थिक सहयोगमा स्वच्छ खानेपानी तथा पुर्ण सरसफाइ युक्त समुदायको अबधारणा अनुरुप खाडाचक्र नगरपालिका वडा न ३ स्थित गैरिकाफल बार्कोटेबाडा मा एक घर एक धारा निर्माण गरि कुल ३३ धारा संचालनमा समेत आएको त्यहाका स्थानिय पदम बहादुर शाहिले बताउनु भएको छ ।
सो ठाउ बाट करिब २७०० मिटर टाढा खडिखोला मुहानदेखी उक्त खानेपानी निर्माण तथा आबस्यक मर्मत गरि बनाइएको हो, पानीको स्रोत भएर पनि आबस्यक योजना तथा बितरण प्रणाली को कमिले गर्दा अस्थब्यस्थ थियो तर अहिले उक्त योजना विधि र प्रणाली का आधार मा संचालन भइ सप्पन्न समेत भएको हुदा दैनिकी खानेपानी प्रणालिमा सहजता एब नियमितता भयको छ । सोही ठाउका स्थानिय तथा एक समाजसेबि युबा लक्ष्मण कुमार शाहिले भन्नू भयो हाम्रो समाजमा अझै पुरानो शैली र सोच जिबितै छ ताकी खानेपानी होस या अन्य बिकासी कुरा आफुलाइ मात्र भए पुग्ने र अरु संग मिलेर खाने तथा प्रयोग गर्न नसक्ने प्रवृत्ति थियो र अर्को कुरा कुनैपनी सरकारी योजनामा बिल र भर्पाइ मिलाएर खान पाइन्छ भन्ने सोच कुनै पनि समुदायका स्थानिय उपभोक्त सङ हुन्छ तर यो एक घर एक धारा सहितको सरसफाइ युक्त खानेपानी कार्यक्रमले योजनाको काम गर्दा प्राबिधिक इस्टिमेट भन्दा पनि अझ राम्रो बनाउदा मात्र त्यो योजना स्थायित्व हुने एक सकारात्मक सोच र व्यबहार को बिकास गरेको पाइएको छ । उहाले भन्नुभयो युनिसेफ नेपालले यो योजना कार्य सम्पादन को चरणमा उपभोक्त र समितीको मानसपटल मा समेत पुर्ण रुपमा काम अनि मात्र पुर्ण रुपमा दाम को छाप बसेको पाइएको छ ।
युनिसेफ नेपाल खानेपानी तथा सरसफाइ कोर्डिनेटर गणेश बहादुर रावत ले भन्नुभयो हाम्रो नियम र प्रणाली द्वारा काम गर्न त्यहाको समुदाय र उपभोक्त खुसी भइ कार्य सम्पन्न गर्नुभएको हुदा खुसी लागेको छ । त्यसै गरि खाडाचक्र नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत खड्क प्रसाद उपाध्याय ले भन्नू भयो युनिसेफ र स्थानीय तहको साझेदारीमा नगरपालिका भित्रका धेरै योजना हरु अति राम्रो अबस्थामा निर्माण भयको मा सम्पुर्ण योजना निर्माणका सरोकारवाला पक्षलाइ धन्यवाद दिन चाहान्छु ।

तपाईको प्रतिक्रिया