अपडेट

प्रतिनिधि सभा विघटन गर्न सिफारिस गर्ने प्रधानमन्त्री केपी ओली विरुद्ध हेटौंडामा प्रदर्शन

वविता आचार्य ।प्रतिनिधि सभा विघटन गर्न सिफारिस गर्ने प्रधानमन्त्री केपी ओली विरुद्ध हेटौंडामा प्रदर्शन गरिएको छ ।सत्तारूढ दल नेपाल कम्युनिस्ट पाटी नेकपाका भातृ संगठन युवासंघ र अनेरास्ववियूु जनवर्गीय संगठनहरुले हेटौंडामा प्रदर्शन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले गरेको अवैधानिक, अलोकतान्त्रिक निरकुंश संसदीय विघटनको ‘कु’ का विरुद्ध विरोध प्रदर्शन गरिएको अनेरास्ववियूका केन्द्रीय नेता सुदेेश पराजुलीले दियो खबर डटकम लाई बताए । प्रधानमन्त्री ओली विरुद्ध लगातार विरोध प्रदर्शन गर्ने तयारी समेत गरिएको बताए ।
प्रधानमन्त्री ओलीले संसद विघटनका लागि आज राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गरेको थिए । राष्ट्रपति भण्डारीले संसद विघटन गरेको घोषणा गरेकी थिइन् 

तपाईको प्रतिक्रिया