अपडेट

अछाममा बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ

सुर्खेत/अछामको चोरपाटी गाउँपालिका–१ मा बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ परेका छन्।

पीडित बुहारीले जेठ २ गते प्रहरीमा जाहेरी दिएपछि शनिबार ससुरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार वैशाख २८ गते बिहान साढे ११ बजे ससुराले डर धम्की देखाएर बुहारीलाई उनकै घरको कोठामा कुटपिट गर्दै बलात्कार गरेका थिए।

पीडितले दिएको जाहेरीअनुसार, ससुरा नाता पर्ने ती व्यक्तिले विगत एक वर्षदेखि डर त्रास देखाउँदै पटक–पटक बलात्कार गर्दै आएको उल्लेख छ।

डिएसपी भण्डारीका अनुसार आरोपित ससुरा हाल प्रहरी हिरासतमा छन् र घटनाबारे आवश्यक अनुसन्धान जारी छ।

तपाईको प्रतिक्रिया