सुर्खेत — जंगलमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको निधन भएको छ।
शाहीको सोमबार राति साढे ९ बजे निधन भएको हो। राउटे समुदायका अगुवा तथा सरकारले औपचारिक रूपमा मान्यता दिएको उनी समुदायका प्रमुख थिए।
उनले राउटे समुदायको परम्परा जोगाउन, अधिकारका लागि आवाज उठाउन र सरकारसँग समन्वय गर्न महत्वपूर्ण भूमिका निभाएका थिए।
उनको निधनसँगै समुदायले एक दृढ र नेतृत्वदायी व्यक्तित्व गुमाएको छ।

दियो खबर । १६ बैशाख २०८२, मंगलवार १७:५३