सुर्खेत/कालिकोट जिल्ला तिलागुफा नगरपालिकामा नेपाल रेडक्रस सोसाइटीको आयोजनामा विपद् प्रतिकार्यसम्बन्धी तालिम सम्पन्न भएको छ। तालिममा भूकम्प, आगलागी र अन्य प्राकृतिक विपद्को बेला समुदाय स्तरमै उद्धार, प्राथमिक उपचार र सुरक्षित बचाउका सीपहरू प्रदान गरिएको थियो।
नगरपालिकाका उप–प्रमुख महेन्द्रबहादुर शाहीले तालिमले समुदायमा विपद् व्यवस्थापन क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। विभिन्न वडाबाट आएका सहभागीहरूले तालिममा सक्रिय सहभागिता जनाएका थिए।
नेपाल रेडक्रस सोसाइटीको समन्वयमा सहभागीहरूलाई सुरक्षात्मक सामग्री र आवश्यक उपकरणसमेत वितरण गरिएको छ।

दियो खबर । १३ बैशाख २०८२, शनिबार ०८:२४