अपडेट

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा, आवश्यकता परे निजामती कर्मचारी खटाइने

सुर्खेत/राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने निर्णय गरेको छ। बोर्डले वैशाख ११ गतेदेखि सुरु हुने परीक्षालाई निर्धारित तालिका अनुसारै अघि बढाउने स्पष्ट गरेको हो।

बैठकमा सुरक्षा र जनशक्ति व्यवस्थापनका विषयमा छलफल गर्दै परीक्षा सञ्चालनमा कुनै बाधा नआउने व्यवस्था मिलाउने निष्कर्ष निकालिएको छ। बोर्डका अनुसार, यदि शिक्षा क्षेत्रका कर्मचारीहरू उपलब्ध नभए निजामती सेवाका कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गरिनेछ।

बोर्डका एक अधिकारीले भने, “विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राख्दै परीक्षा रोक्ने या सार्ने कुनै योजना छैन। आवश्यक स्रोत साधनको समन्वय गरेर परीक्षा तोकिएको मितिमै सुरु गरिनेछ।”

यस वर्ष देशभरका झन्डै पाँच लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिने तयारी गरेका छन्। परीक्षा सहज र व्यवस्थित बनाउन बोर्डले सबै प्रदेशका सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया