कालिकोट — न्यूनतम हकअधिकारको माग गर्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका छन्, विद्यार्थीहरू दिशाहीन अवस्थामा छन्, तर सरकार अझै मौन छ। यस्तै संकटपूर्ण घडीमा शिक्षा मन्त्रीको राजीनामाले आन्दोलनको गहिराइ झनै प्रकट गरेको छ।
नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य तथा पूर्व पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर वमले सामाजिक सञ्जालमार्फत तीव्र प्रतिक्रिया जनाएका छन्। उनले लेखेका छन्, “शिक्षा भनेको केवल किताबी ज्ञान होइन, देश र समाज परिवर्तन गर्ने आधार हो। युवाहरू लैलैमा परेर होइन, अवसरको अभावमा सडकमा छन्।”
शिक्षा मन्त्रीको राजीनामालाई वमले “उत्तरदायित्वबाट भाग्ने होइन, समाधान खोज्ने बेला हो” भन्दै कटाक्ष गरेका छन्। “गुणस्तरीय शिक्षा” को नाराबीच शिक्षकहरू आफ्ना हकको खोजीमा सडकमा उत्रनुपर्ने बाध्यता र मन्त्रीको पछिल्लो निर्णयबीचको विरोधाभासले सरकारको असंवेदनशीलता उजागर गरेको उनी बताउँछन्।
सरोकारवालाहरू भन्छन्—शिक्षा सुधार अब नारामा मात्र सीमित नरहोस्, यो देशको भविष्यसँग जोडिएको गम्भीर मुद्दा हो।
शिक्षक आन्दोलन चुलिंदै: शिक्षा मन्त्रीको राजीनामा र वमको कटाक्ष
तपाईको प्रतिक्रिया

दियो खबर । ८ बैशाख २०८२, सोमबार १८:३९