अपडेट

एमाले निकट अनेरास्ववियुका गोपाल शाही रंगेहात पक्राउ

सुर्खेत— नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का नेता तथा अमृत साइन्स (अस्कल) क्याम्पसका स्ववियु सचिव गोपालबहादुर शाही अर्काको नाममा प्रहरीको लिखित परीक्षा दिँदै गर्दा पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपील राज बोहराका अनुसार शाहीलाई आइतबार नयाँ बानेश्वरस्थित रत्नराज्य माविबाटरंगेहात पक्राउ गरिएको हो। उनी नेपाल प्रहरीको जवान पदका लागि अर्का व्यक्तिको नाममा परीक्षा दिइरहेका थिए।

शाही कालिकोट जिल्लाको शुभकालीका गाउँपालिका–७ का स्थायी बासिन्दा हुन्।

गत चैत १० गते सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियु प्यानलले पूर्ण विजय प्राप्त गरेको थियो। सोही प्यानलबाट शाही सचिव पदमा निर्वाचित भएका थिए।

शैक्षिक नेतृत्वमा बसेका व्यक्तिबाट यस्ता अनैतिक कार्य हुनु कानुनी मात्र होइन, नैतिक पतनको समेत गम्भीर सङ्केत हो। प्रहरीले शाहीमाथि अनुसन्धान अघि बढाइसकेको छ।

क्याम्पस प्रशासन र अनेरास्ववियुले घटनाबारे हालसम्म कुनै औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।

तपाईको प्रतिक्रिया