कालिकोट/नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति कालीकोटले संगठनको ३५औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै खाद्यान्न तथा फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको छ।
स्थापना दिवसको अवसरमा संगठनले न्यानो काख सेवा समाजलाई ५ बोरा चामल, १० केजी दाल, १ पेटी तेल र १५ प्याकेट नुन प्रदान गरेको छ। साथै जिल्ला अस्पताल कालीकोटमा उपचाररत १४ जना बिरामीलाई फलफूल वितरण गरिएको उपाध्यक्ष कम्मर बहादुर बमले जानकारी दिए।
उक्त कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष भक्ति प्रसाद पाण्डे, निवर्तमान केन्द्रीय सदस्य देवानन्द धिताल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टाराई, पत्रकार, सुरक्षाकर्मी तथा निजामती कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
संगठनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

दियो खबर । ७ बैशाख २०८२, आईतवार १७:३८