अपडेट

हुम्लामा हवाई टिकट अभाव,यात्रु अलमलमा

सुर्खेत/हुम्लाबाट बाहिरिने यात्रुहरू हवाई टिकट नपाएर समस्यामा परेका छन्। नेपालगन्ज–सिमकोट उडान संख्या घट्दै जाँदा दैनिक यात्रा गर्नेहरू प्रभावित भएका हुन्।

नेपाल एयरलाइन्स, सीता, समिट र तारा एयरले साप्ताहिक एक–एक उडान मात्र सञ्चालन गर्न थालेपछि यात्रुहरूलाई सास्ती भएको छ। सडकसमेत बन्द भएकाले यात्रुहरू अलमलमा परेका छन्।

स्थानीय र परीक्षार्थीले यात्रा रद्द गर्नुपरेको र विकल्प नभएको समिट एयरका हुम्ला इन्चार्ज गोविन्द लामाले बताए।

तपाईको प्रतिक्रिया