सुर्खेत— तनहुँको नेपाल डाँडा नजिक आइतबार स्कुटर र माइक्रोबस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
डुम्रेतर्फ जाँदै गरेको स्कुटर र काठमाडौँबाट लमजुङको बेँसीशहरतर्फ आउँदै गरेको माइक्रोबस एकआपसमा ठोक्किँदा स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु भएको हो।
त्यसैगरी, माइक्रोबसमा सवार एक व्यक्ति घाइते भएका थिए। उनलाई उपचारका लागि सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पताल पुर्याइएको थियो तर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ज्यान गुमाउने र घाइतेको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दियो खबर । ७ बैशाख २०८२, आईतवार १५:३९