अपडेट

सिंहदरबारमै लिङ्देन र शाही पक्राउ

सुर्खेत /निषेधित क्षेत्रतर्फ जाँदै गर्दा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद ज्ञानेन्द्र शाही र उपाध्यक्ष बुद्धिमान तामाङलाई प्रहरीले सिंहदरबार गेटभित्रैबाट नियन्त्रणमा लिएको छ।

राप्रपाले निषेधित क्षेत्र तोड्ने कार्यक्रम तय गरेपछि प्रहरी सतर्क थियो। शाहीले नाराबाजी गरेपछि तीनै नेतालाई गाडीमा राखी लगिएको हो।

यता राप्रपाका कार्यकर्ताहरू बानेश्वरमा प्रदर्शनमा उत्रिएर ब्यारिकेड भत्काउने प्रयास गरेका छन्।

तपाईको प्रतिक्रिया