अपडेट

राष्ट्रपति रनिङ शिल्ड तिलागुफालाई,अबको प्रतियोगिता नरहरिनाथमा

कालीकोट/पचालझरना गाउँपालिका–२ स्थित पडेक्षा खेलमैदानमा सम्पन्न १५औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तिलागुफा नगरपालिकाले हात पारेको छ।प्रतियोगितामा तिलागुफाले १४ स्वर्ण, ९ रजत र ८ कास्य पदकसहित कुल ३० पदक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो।
त्यस्तै, नरहरिनाथ गाउँपालिकाले १७ पदक (७ स्वर्ण) जित्दै दोस्रो र पलाँता गाउँपालिकाले ६ पदक (४ स्वर्ण) सहित तेस्रो स्थान प्राप्त गरेका छन्।प्रतियोगितामा पचालझरना गाउँपालिका चौथो र खाँडाचक्र नगरपालिका पाँचौं स्थानमा रहे।

प्रतियोगिता जिल्ला खेलकुद विकास समितिको संयोजनमा आयोजना गरिएको थियो।समापन कार्यक्रममा बसेको बैठकले १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नरहरिनाथ गाउँपालिकामा आयोजना गर्ने निर्णय गरेको छ। साथै, प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई पोशाक, यातायात र बन्द प्रशिक्षणको व्यवस्था गरिने पनि जनाइएको छ।

प्रतियोगिताले विद्यालय तहका खेलाडीहरूलाई क्षमता प्रदर्शन गर्ने अवसर दिएको आयोजकको भनाइ छ।

तपाईको प्रतिक्रिया