सुर्खेत — सुर्खेतको वीरेन्द्रनगरमा फोर्स गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। आइतबार बिहान कर्णाली प्रदेश ०१००१ ख ०९१५ नम्बरको फोर्स गाडीले ठक्कर दिँदा जुम्ला हिमा गाउँपालिका–४ निवासी अन्दाजी ५५ वर्षीय कालिबहादुर बुढा गम्भीर घाइते भएका थिए।
टाउकोमा गम्भीर चोट लागेका बुढालाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो। तर उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए।
प्रहरीका अनुसार दुर्घटनापछि गाडी र चालकलाई नियन्त्रणमा लिइएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।

दियो खबर । ७ बैशाख २०८२, आईतवार ०८:२७